पोखरा, २६ फागुन । प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको आयोजनामा पोखरामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुने भएको छ ।
फागुन २८ गते सोमबार होटल पोखरा ग्राण्डमा फेयर आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेयरमा अष्ट्रेलियाका १५ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी पोखराका प्रवन्ध निर्देशक किशोर परियारले जानकारी दिए ।
‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरेका हौं,’ उनले भने, ‘फेयरमा अष्ट्रेलियन उच्च शिक्षाका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिनेछ ।’
काठमाडौंमा प्रधान कार्यालय रहेको प्रोफेसनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी गत वर्षदेखि पोखरा शाखा सञ्चालनमा ल्याएको हो ।
‘पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढेको छ,’ परियारले भने, ‘अष्ट्रेलिया जाने विद्यार्थीलाई सही परामर्श प्रदान गर्न शाखा सफल छ ।’
अष्ट्रेलियाको उच्च शिक्षा गुणस्तरीय भएकाले विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । फेयरमा सहभागी भएर अष्ट्रेलियाको शिक्षा प्रणालीका बारेमा जानकारी लिन परियारले विद्यार्थीलाई आग्रह गरेका छन् ।
फेयरमा सहभागी विद्यार्थी अष्ट्रेलिया जान चाहेमा प्रक्रिया निःशुल्क सुरु गरिने, सेवा शुल्क निःशुल्क गरिने तथा आइएलटिएस कक्षामा ५० प्रतिशत छुट उपलब्ध गराइने परियारले जानकारी दिए ।
फेयरको प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीका कार्यकारी निर्देशक एस.के. श्रेष्ठले उद्घाटन गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण कार्यक्रम
शुक्रबारदेखि एसईई, तयारी पूरा
पोखरामा अनलाईन पत्रकारिता तालिम हुने
महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
निर्माणाधीन काँहुखोला–सिक्लेस– दुधपोखरी सडकको अनुगमन