पोखरा, २६ फागुन । कस्मेटिक व्यवसायी संघ कास्कीले पोखरामा शनिवार अभिमुखिकरण कार्यक्रम गरेको छ।
व्यवसाय व्यवस्थापन एवं विक्रयकला सम्वधी क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित कार्यक्रममा संघमा आवद्व ७० जना व्यवसायी सहभागि भएको कोषाध्यक्ष हेमराज बरालले जानकारी दिए ।
कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष नारायण शर्माले गरेका थिए।
त्यसअवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य देवबहादुर भुजेल, सिता बराल, बस्तुगत व्यवसाय संघका अध्यक्ष केशवबहादुर खत्री लगायतले बोलेका थिए ।
कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष जगदिशप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमापति ढकालले स्वागत र महासचिव प्रेमप्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन