काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए। उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन्।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए।
‘प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेण्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ’, प्रवक्ता शर्माले भने। उनले निर्वाचनपछि पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताए। रासस
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives