पोखरा, २३ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ शितलादेवीका गुरुङ दम्पतीले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्वाश्रमलाई सहयोग गरेका छन् ।
८४ वर्षिय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले बृद्वाश्रमलाई २६ हजार तीन सय आर्थिक सहयोग गरेका हुन् ।
उनीहरुले बृद्वाश्रममा रहेका ६२ जना बृद्वाबृद्वालाई बुधबार बिहानको एक छाक भोजन समेत गराएका थिए।
लामो समयदेखि बेलायत बस्दै आएका गुरुङ दम्पतीले विदेशमा बृद्वबृद्वाको अवस्था निकै राम्रो रहेपनि नेपालमा भने पीडादायि जीवन भोग्नु परेको देखेर सहयोग गरेको बताए । उनीहरुले अरुलाई पनि बृद्वाश्रमलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बृद्वाश्रमका शिशिरकेशव पराजुलीले चारै तीरबाट प्राप्त भएको सहयोगबाट बृद्वाश्रम चलेको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु