महिलाको कुस्ती प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
फागुन २३, २०७४
DSC00082

पोखरा, २२ फागुन । नेपाल कुस्ती संघले पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ।

संघले पोखरामा पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको छ ।
प्रतियोगिताको मुख्य उदेश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायीकतातर्फ उन्मुख गराउनु हो ।

प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७० जना खेलाडी र ३० जना प्रशिक्षक एवं अफिसियल र १५ जना निर्णायकको सहभागिता रहने छ।

विभिन्न वजन समूहमा खेलाइने यो प्रतियोगितामा आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता संचालन गर्नका लागि करिव १२ लाख रुपैया खर्च लाग्ने अनुमान छ । खर्चको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्, नेपाल कुस्ती संघ र सहयोगी निकायबाट गरिने छ।

नेपालको खेल इतिहासमा पहिलो पटक महिला कुस्ती प्रतियोगिता गर्न लागिएको हो। ०५५ सालदेखि महिला कुस्ती प्रदर्शनमा मात्र सिमित थियो तर यसपटक प्रतियोगिता गर्दैछौ संघका महासचिव विद्यासागर पोखरेलले भने – ‘ यो
प्रतियोगिता चुनौती र अवसर हो ।’

कुस्ती खेल तराईका जिल्लाहरुका लोकप्रिय रहेपनि हिमाली र पहाडी जिल्लामा खासै खेल्ने गरिएको छैन। पोखरामा आयोजना गर्न लागिएको यो प्रतियोगिताले हिमाली र पहाडी जिल्लाका कुस्तीका खेलाडी उत्पादन गर्न टेवा
पु¥याउने आयोजकको अपेक्षा छ।नेपालको बारा, पर्सा, सिराहा, धनगढी र नवलपरासीमा कुुस्ती खेल बढि लोकप्रिय छ।

नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कास्की जिल्ला कुस्ती संघका अध्यक्ष ओम बस्नेतले स्वागत र केन्द्रीय सदस्य सुजन खतिवडाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै