सफलताका साथ सकियो वीरेठाँटीको फागुपूर्णिमा मेला

राष्ट्र न्यूज सम्वाददाता
फागुन २२, २०७४
28795255_1873331669405780_6002326716088046939_n

हेमजा, २२ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा आयोजित फागुपूर्णिमा मेला सकिएको छ ।

मेला करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको मुख्य आकर्षणको रुपमा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोेगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्डोे प्रर्दशनी र सांस्कृतिक कार्यक्रम रहेको क्लवका प्रमुख सल्लाहाकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए।

वीरेठाँटी युवा परिवारको आयोजनामा भएको उक्त मेलामा संचालित पुरुष भलिबलको उपाधि ताराखोला गाउँपालिका बाग्लुङको समूहले जित्दै नगद रु. एक लाख एक सय ११, साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै माछापुच्छे« गाउँपालिका ९ को समूह द्वितिय हुदै नगद रु. ५० हजार पाँच सय ५० र अन्नपूर्ण गाउँपालिका ९ दाङसिङको समूह तृतिय हुदै नगद रु. २० हजार दुई सय २० साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

मेलामा महिला भलिबल प्रतियोगिता पनि संचालन भएको थियो ।जसमा रोधीँ क्लव घान्दु्कको समूह प्रथम बनेर नगद रु. २१ हजार एक सय ११ र दाङसिङ क्लबको समूह दोस्रो भई नगद रु. ११ हजार एक सय ११ साथमा प्रमाणपत्र, शिल्ड र मेडल पुरस्कार पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि ताराखोला गाउँपालिकाको समूहका सन्तोष बस्नेत तथा बेस्ट स्टाइकरमा ताराखोलाकै विष्णु खत्री भएको आयोजकले जनाएको छ ।

समापनमा बोल्दै प्रमुख अतिथि मेलाका मुख्य प्रायोजक पुर्णकोले गुरुङले वीरेठाँटीमा हुने फागुपूर्णिमा मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले धर्म, संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउदै संस्कारले नै मानिसलाई सुसंस्कृतयुत्त बनाउने उल्लेख गरे।

क्लबका प्रमुख सल्लाहाकार देवेन्द्रकुमार शेरचनले मेलालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिदै जानुपर्ने भएकाले त्यसको तयारीका लागि सम्पूर्ण वडावासी समयमा जुट्नुपर्ने बताए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, वडा नंं ८ का अध्यक्ष विजय गुरुङ लगायतले बोलेका थिए ।

वीरेठाँटी युवा परिवारका अध्यक्ष चक्रप्रसाद गौचन (खगेन्द्र)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन स्थानीय विशाल गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै