पोखरा, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा ४४ मत प्राप्त गरी पार्टी सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद रहेका छन् ।
दलको नेता चयन गर्नका लागि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान मतदान भएको थियो ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु