पोखरा, २० फागुन । बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ब्याजदर बढाएकोभन्दै पोखराका व्यवसायीहरुले बिरोध गरेका छन्।
उनीहरुले ब्याजदर बढ्दा उत्पादनमूलक क्षेत्र तहस नहस भएको ठहर समेत गरेका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् । उनीहरुले बढाइएको ब्याजदरलाई ‘ब्याज आतंक’ भनि टिप्पणी गरे ।
उद्योगी÷ व्यवसायीहरु बैंकहरुको ब्याजदर बृद्धिबाट उद्योग व्यवसायमा परेको नकारात्मक प्रभावबारे पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए ।
सात प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्दा बैंकहरुलाई कति नाफा भयो होला ?पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने – ‘यस्तो अवस्थामा कसरी ब्यापार÷व्यवसाय संभव छ ?’
थोरै निक्षेपमा ब्याज बढाउँदा हुने नाफा ठूलो निक्षेपमा बढाएको ब्याजसँग तुलना हुन नसक्ने बताउँदै उनले बैंक तथा वित्तिय संस्थाहरुको नियतमै खोट रहेको जिकिर गरे ।
बैंकहरुले एकतर्फी रुपले ब्याज बढाउदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुगमन र कारवाही गर्नु पर्नेमा उनले जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय क्षेत्रले एकाएक ब्याजदर बढाएकोबारे आज प्रदेश नम्बर ४ का मुख्यमन्त्री र अर्थमन्त्री तथा फागुन २४ गते प्रधानमन्त्री एवं अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले पाँच वर्ष अगाडी लिएको निक्षेपमा ब्याज नबढाउने तर त्यही बेला लिएको कर्जामा भने ब्याज बढाउनु तर्क संगत नभएको उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले समस्याको स्थायी समाधानको लागि नयाँ सरकारले स्पष्ट नीति ल्याउनुपर्ने तर्क गरे ।
संघका कार्यसमिति सदस्य प्रेम भुजेलले ब्याजदर बढाएको विषयलाई राष्ट्रियरुपले उठाउनु पर्नेमा जोड दिए ।
कार्यसमिति सदस्य नारायण पौडेलले बैंकहरुले गर्ने आफुखुसी निर्णयले बजारमा मूल्यबृद्धि भएको बताए ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स व्यवसायी संघका राजन गोंगजुले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धाले बजारमा अस्थिरता उत्पन्न गरेकाले नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्ने उल्लेख गरे।
संघकी कार्यसमिति सदस्य गीता तिवारीले बैंकले चर्को ब्याज लिँदा छापा नमार्ने तर व्यवसायीलाई अनेक प्रकारले दुःख दिने परिपाटीको अन्त्य गर्न माग गरिन्।
कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले बचतमा बढी ब्याज दिएर सरकारले उद्यमशीलतालाई मार्न खोजेको आरोप लगाए ।
अर्का कार्यसमिति सदस्य किसान सुनारले अनुत्पादक क्षेत्रको लगानीमा बढी ब्याज र उत्पादनमूलक क्षेत्रलाई कम ब्याज तोकिनु पर्ने बताए ।
Related News
सम्बन्धित समाचार
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
Archives
Archives