पोखरा, २० फागुन । नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन) को तेस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा शुरु भएको छ।
‘सुरक्षित रोगजार मर्यादित काम, सामाजिक सुरक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनमा तीन सय ५० प्रतिनिधि सहभागि छन्।
महाधिवेशनको उद्घाटन समारोहमा बोल्ने काँग्रेस नेताहरुले मजदुरको हित हुने गरी काम गर्नको सरकारको ध्यानाकर्षण गराए ।
महाधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले श्रमिकको तलब कम्तिमा पनि ३० हजार तोक्नुपर्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले श्रमिकको हितका लागि मजदुर आयोग बनाउनुपर्ने आवश्यकता औल्याए।
त्यसअवसमार साउथ एशिया ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेत, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौला, अयोध्याप्रसाद यादव, महासचिव महेन्द्र यादव, उपमहासचिव ललितकला गुरुङ, पूर्वमहासचिव अच्युतराज पाण्डे, कोषाध्यक्ष योगेन्द्र कुँवर, पुर्व उपमहासचिव तेजेन्द्रजंग कार्की, क्युपेक नेपालका अध्यक्ष नरनाथ लुईटेल, एफक्यानका कार्यकारी अधिकृत कृष्ण पोखरेल, अखिल नेपाल निर्माण मजदुर संघका उपमहासचिव रमेश सि.के, यातायात मजदुर संघका कन्द्रीय अध्यक्ष अजयकुमार राई, नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति अध्यक्ष बलदेव तामाङ र नेपाल ट्रेड युनियन कास्कीकी अध्यक्ष कुलदेवी बरालले बोलेका थिए।
नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघका अध्यक्ष जेवि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष संजय श्रेष्ठले स्वागत, नुर मोहमद्ले धन्यवाद ज्ञापन र महासचिव प्रदीप आचार्यले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives