पोखरा, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपमै चयन गर्नुपर्ने पक्षमा आफु रहेको बताएका छन् ।
काँग्रेसको चुनौति कठिन रहेकाले सर्वसम्मत रुपमै नेतृत्व चयन भए आम पार्टी कार्यकर्ता, मतदातामा राम्रो सन्देश जाने उनको भनाइ थियो ।
पोखरामा शुरु भएको नेपाल शिक्षक संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनको उद्घाटनगर्दै महामन्त्री कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताको सहीे उपयोग गर्न सके काँग्रेस बलियो हुने बताए ।
नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष किशोरदत्त बरालको अध्यक्षता भएको कार्यक्रममा पूर्व मन्त्री तथा काँग्रेस नेता यज्ञबहादुर थापा, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, काँग्रेस कास्की सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, पूर्व सांसद शारदा पौडेल लगायतले बोलेका थिए।
सोमबार सकिने अधिवेशनले २७ सदस्यीय प्रदेश समिति चयन गर्ने छ । निर्वाचित समितिले चार र अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी एक सदस्य मनोनित गर्ने व्यवस्था छ ।
अधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन सय ५० जनाको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने