नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७४
prize

पोखरा, १२ फागुन । नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्रा.डा चुडामणि बन्धुलाई सम्मान गरिने भएको छ।

पुरस्कार संचालनगर्दै आइरहेको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

चैत ३ गते शनिवार कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने छ। पुरस्कारको राशी नगद २० हजार एक सय एक रुपैया सहित सम्मान पत्र रहेको छ।

नेपाली भाषा तथा व्याकरण विद्यामा अतुलनीय योगदान पु¥याएकोभन्दै उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो।

ताराप्रसाद तिमिल्सिना संयोजक तथा छविलाल आचार्य, रामबहादुर बाँनिया, यादवराज उपाध्याय र मदनबहादुर खत्री क्षत्री सदस्य रहेको छनोट समितिले पुरस्कारका लागि उनलाई चयन गरेको हो।

सो पुरस्कारबाट नेपाली भाषा, साहित्य, कला, लोक संस्कृति विद्यामा योगदान पु¥याउने व्यत्तित्वहरुलाई सम्मान गर्ने गरिएको शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष कुलबहादुर खत्रीले जानकारी दिए।

यसअघि सो पुरस्कारबाट हाँस्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, बरिष्ठ समालोचक डा.रविलाल अधिकारी, बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, बरिष्ठ कलाकार दुर्गा बराल वात्सायन, बरिष्ठ साहित्यकार स्व. चेतमानसिंह भण्डारी, लोकगायक जीवन शर्मा, लोकगायिक हरिदेवी कोइराला र डा. तीर्थराज सुवेदी सम्मानित भैसकेका छन्।

एक लाख रुपैयाको अक्षयकोष स्थापना गरी शुरु गरिएको सो पुरस्कार २०५७ साल कार्तिक १६ गतेदेखि दुई वर्षको अन्तरमा प्रदान गर्ने गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दिननाथ बराल र शुक्ला साहित्य प्रतिष्ठानका सचिव हरि बरुवालले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै