सिरहा, १० फागुन। सिरहास्थित लहानमा आज दिउँसै बम बिस्फोट भएपछि लहानबासि त्रसित भएका छन्।
लहान नगरपालिकाको शहीद चोकको ब्यस्त बजारमा रहेको शुभलाभ स्टोर अगाडी बोरामा बेरेर राखेको प्रेसर कुकर बम बिस्फोट भएको हो।
बिस्फोटमा परी स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ। बिस्फोटबाट स्टोर्समा समेत क्षति पुगेको छ।
घटनास्थल सशस्त्र र जनपद प्रहरीको सूरक्षा घेरा नजिकै पर्छ। व्यवसायीलाई लक्षित गरेर निरन्तर बिस्फोटका घटना भएपछि व्यवसायी समेत आतङ्िकत भएका छन्।
घटनास्थलबाट जयकृष्ण गोईत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुतिm मोर्चा (क्रान्तिकारी)को पर्चा भेटिएको प्रहरीले जनाएको छ।
केहि समयदेखि सिरहामा बिस्फोटका घटना दाहोरिरहेका छन्। यसअघि मंसिर २८ गत्ते लहानको मुख्य चोकमा र पुस ७ गते सिरहा बजारस्थित मालापोत कार्यालयमा दिउँसै बम बिस्फोट भएको थियो।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम