पोखरा, ९ फागुन। नेपाल बन्दका क्रममा मंगलबार पोखरामा बम बिष्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ गरिएका तीन जना नै नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता हुन्। पक्राउ गरिएकोमा विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षिय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खड्कबहादुर राई छन्।
तीनै जना बिरुद्ध बिस्फोट पदार्थ मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार पोखराका विभिन्न चार स्थानमा बम राखिएको थियो। चारमध्य तीन स्थानको बम नेपाली सेनाको डिस्पोजन टोलिले निष्क्रिय पारे पनि पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ विजयपूरमा राखिएको प्रेसर कुकर बम बिस्फोट भएको थियो।
बिस्फोटमा परी रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाईते भएका थिए । उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives