पोखरा, ९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल खेलाडी करण केसिलाई पोखरामा बुधबार सम्मान गरिएको छ।
नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पार्न महत्वपुर्ण योगदान पु¥याएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सम्मान गरेको हो।
पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एक लाखसहित सम्मानपत्रबाट केसीलाई सम्मान गरे।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले अविर, खादा, मालाले सम्मान गरेका थिए।यसअघि उनलाई पोखरामा सोमबार पनि पिसिसिले सम्मान गरेको थियो।
कार्यक्रममा मन्त्री बस्नेतले केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट सहयोग गर्ने घोषणा गरे।
सम्मान ग्रहणपछि करणले आफु सदैव देशका लागि खेल्ने बताए। नेपाली क्रिकेट क्रमिक सुधारको बाटोमा रहेको बताएका करणले क्रिकेट मार्फत नेपाललाई विश्वमा चिनाउने अभियानमा निरन्तर लागिरहने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व
शिक्षकलाई खेलकुदको तालिम दिन क्लबसँग गण्डकी विश्वविद्यालयको सम्झौता
फ्रान्स विश्वकपको सेमिफाइनलमा