पोखरा, ९ माघ । नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको सवारी दुर्घटनामा मृत्यु भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै पोखरामा विद्यार्थीहरुले आन्दोलन गरेका छन्।
विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौरस्थित जनप्रिय उच्च मावि अघि प्रदर्शन गरेका छन्। पौडेल कक्षा १२ मा अध्ययनरत छात्रा थिईन्।
आज पीडित पक्ष र प्रशासनवीच वार्ता हुने भएपनि आन्दोलन भने जारी राखिने भएको छ।
आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा वार्ता हुदैछ भने नेपाल विद्यार्थी संघ पिएन क्याम्पस इकाइ समितिले क्याम्पसमा प्रदर्शन गर्दैछ।
वार्ता र आन्दोलन सँगसगै अघि बढ्छ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं वार्ता टोलिका संयोजक भानु ढकालले भने – ‘विद्यार्थीका माग पूरा नभएसम्म आन्दोलन रोकिदैन।’
पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।
सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम