पोखरा, ७ फागुन । नेकपा एमाले र एनेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी छ।
आजको बैठकले दुई पार्टीबीचको एकतालाई अन्तिम रुप दिने सम्भावना रहेको स्रोतको भनाइ छ। केहिदिन यता पार्टी एकताको विषयलाई लिएर ओली र दाहाल दिनहुँ जस्तो छलफलमा जुटिरहेका थिए।
दुई पार्टीबीचको एकताका लागि सहमति जुटेको र संयोजन समितिले सहमतिलाई अनुमोदन गर्ने एमाले उपाध्यक्ष बामदेव गौतमले बताए। दुई नेताबीच कसरी पार्टी एकताको सहमति जुट्यो भन्ने बारेमा उनले केहि बोल्न चाहेनन्।
Related News
सम्बन्धित समाचार
बाढी र डुबानका कारण विद्यालय बन्द
पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला
मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
पेस्तोलसहित पक्राउ