भीमदत्तनगर- कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ।
राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ ।
हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु दुई हजार प्रदान गर्ने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
Archives
Archives