पोखरा, ६ फागुन। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेकै पारामा अघि बढे ठूला दल सकिने चेतावनी दिएका छन्।
सरकारको नेतृत्व बामगठबन्धनले गरोस् वा लोकतान्त्रिक गठबन्धनले त्यो हामीलाई चासो छैन् तर देश र जनताको नियति बदलिनुपर्छ उनले भने – ‘त्यसतर्फ ठूला दलले ध्यान दिएनन् भने अबको पाँच वर्षमा सकिने छन्।’
संवाद नेपालले पोखरामा आईतबार आयोजना गरेको विवेकशील साझाः चुनौति र भविष्य विषयक अन्तक्र्रियामा उनले पाँच वर्षपछि मुलुकको नेतृत्व आफ्नो पार्टीले गर्ने पनि जिकिर गरेका छन् ।चार महिनामै झण्डै राष्ट्रिय पार्टी बन्न लागेको भन्दै उनले पाँच वर्षमा नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले पाँच वर्षपछि नेतृत्व लिने गरी संगठन निर्माणमा अघि बढेको बताए । ‘हाम्रो यस पटक लक्ष्य राष्ट्रिय पार्टी बन्ने थियो तर पाँच पार्टी राष्ट्रिय पार्टी बन्दा हाम्रो पार्टी छैटौं भयो ।
यो चारमहिनाकै अवधिमा भएको हो ।’ उनले भने – ‘स्थानीयमा चार हप्तामै एक्लै लड्नुपर्ने भयो । पछि एकीकरणपछि तयारी विना नै होमियौं तर सन्तोषजनक नतिजा आयो ।’
संयोजक मिश्रले ठुला दलका नेतालाई आफ्नो र परिवारको बाहेक अरुको मतलब नरहेकोभन्दै त्यसतर्फ जनता सजक बन्नुपर्ने उनको भनाइ छ।
Related News
सम्बन्धित समाचार
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु
कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिब्र
१३ औं पोखरा महोत्सव शुरु
Archives
Archives