काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी भएको छ।
आगलागीबाट अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
आगलागीको कारण नखुलेपनि घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनामा परी जीवनकाजी श्रेष्ठको अवस्था अज्ञात छ भने उनका छोरा प्रविण घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम
प्रस्तावित शिक्षा विधेयक शंसोधन गर्न निजी विद्यालय संगठनको माग