धनी कुखुरा, जोसँग एक करोड अमेरिकी डलर छ, नपत्याए यो पढ्नुस्

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७४
chicken

बेलायतमा यस्तो कुखुरा छ, जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । यो कुखुरोको सम्पत्ति कयौँ अमेरिकी नागरिकको भन्दा धेरै रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली पनि कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र नोकरचाकरको स्याहारसुसारमा रहने गर्दछ ।

यस कुखुरालाई कसैले साधारण कुखुरा भनेर काटेर खान सक्दैनन् । किनकि यसको सुरक्षामा बडीगार्डसमेत तैनाथ छन् ।

गिगुको मालिक बेलायतका धनाढ्य माइल्स ब्ल्याकवेल थिए । जसको सन् २००२ मा मृत्यु भइसकेको छ । गिगुको मालिकको मृत्यु भएको तीन साता पछि उनको मालिकनीको पनि मृत्यु भएको थियो ।

मृत्यु अघि नै ति धनाढ्य श्रीमान् श्रीमतीले गिगुको नाममा ट्रस्ट खोलेर सम्पत्ती दान गरेका थिए । त्यही सम्पत्तीमा अहिले गिगु विलासी जीवन बिताइरहेको छ ।

स्रोत ः कामनाज्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives