अब फेसबुकलाई थाँहा हुनेछ तपाईको आर्थिक हैसियत। कसरी यो पढौं

राष्ट्र न्यूज सम्वाददाता
माघ २२, २०७४
Ask-Girl-Out-Facebook-Featured-670×335

सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्ताको आर्थिक अवस्था कुन हैसियतको हो भन्ने कुरा सजिलै बताइदिने भएको छ ।

प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ ।

कम्पनीले प्रयोगकर्ता निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व र इन्टरनेट प्रयोगजस्ता व्यक्तिगत तथ्यांक संकलन गरेर उसको सामाजिक आर्थिक स्तरबारे अनुमान गर्ने प्रणाली बनाउन चाहेको प्याटेण्टमा उल्लेख गरिएको छ ।

‘प्रयोगकर्ताको आर्थिक अवस्थाबारे अनुमान लगाएर फेसबुकले थर्ड पार्टीलाई लक्षित प्रयोगकर्तामाझ प्रायोजित कण्टेन्ट प्रस्तुत गर्न सहयोग गर्नेछ,’ प्याटेण्टमा भनिएको छ ।

यसो गर्दा थर्ड पार्टीले आफ्ना उत्पादन र सेवाको प्रबर्द्धन थप प्रभावकारी ढंगले गर्न सक्ने फेसबुकले बताएको छ ।

फेसबुकले सुरुमा प्रयोगकर्तालाई उसको उमेर सोध्ने छ । त्यसपछि उमेरसमूह अनुसारका अन्य प्रश्नहरु पनि सोध्ने छ, जसले उसको आर्थिक हैसियत बताउन मद्दत गर्नेछन् ।

जस्तो कि, २० देखि ३० बर्षको उमेरको मान्छेलाई सोधिने छ, उसले कतिवटा इन्टरनेट डिभाइसहरु प्रयोग गर्छ ? अनि ३० देखि ४० बर्षकोलाई सोधिने छ, उसँग कुनै घरको स्वामित्व छ कि छैन ?

यसबाहेक फेसबुकले प्रयोगकर्ताको यात्रा इतिहास, इन्टरनेट जडित ग्याजेटको स्वामित्व, उसको शिक्षाको अबस्था लगायतका अन्य बिषयहरु पनि ट्रयाक गर्नेछ, जसको मद्दतबाट प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सजिलो हुने छ ।

अनौठो के छ भने, फेसबुकले प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सिधै तपाईको आम्दानी कति छ भनेर सोध्नेछैन । यस्तो प्रश्न सोध्दा प्रयोगकर्ताले अप्ठेरो महसुस गर्ने र सही जवाफ नदिन सक्ने भन्दै उसले अन्य विधिबाटै आम्दानी अनुमान गर्ने छ ।

यसरी संकलित डाटाका आधारमा फेसबुकले तपाइ निम्न, मध्यम वा उच्च कुन बर्गको हो भनि बर्गिकरण गर्ने छ । यस्तो डाटाका आधारमा उसले बिज्ञापनदाताको प्रचार सामाग्री कसलाई देखाउने भन्ने निक्र्यौल गर्ने छ ।

स्रोत ः डेलिमेल

Related News

सम्बन्धित समाचार

Archives

Archives