काठमाडौं ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।
बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक/एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ । यो उनको दोस्रो कार्यकाल हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती