सरकार छाड्नुअघि सरकारका उपलब्धी के के सुनाए प्रधानमन्त्रीले, यो पढौं

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७४
sher bd deuwa

पोखरा, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनुअघि उनले देशबासीका नाममा सम्वोधन गरे। सम्वोधन अघि बिहीबार नै अन्तिम पटक बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको थियो । राजीनामा पत्र आज नै राष्ट्रपति समक्ष बुझाउँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बामगठबन्धनले दाबी पेश गरिसकेको अवस्थामा सरकार गठनका लागि बाटो खुल्ला गर्दै उनले राजीनामा दिएका हुन्।

कांग्रेस सभापति देउवा माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए।

देशबासीका नाममा सम्वोधनगर्दै प्रधानमन्त्री देउवाले ९ महिने कार्यकाल सफल रहेको उल्लेख गरे।

प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलता भनेका छन्।

त्यस्तै, प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि परराष्ट्रनीतिमा सन्तुलन कायम भई छिमेकी मुलुक भारत र चीनसँगको सम्वन्धले थप उचाईं प्राप्त गरेको उल्लेख गरे।  ६५ वर्षमा बृद्धभत्ता दिने, गम्भीर बिरामीका लागि ५ हजार उपलब्ध गराउने, शहीद घोषणा गर्ने लगायत निर्णयलाई आफ्नो सरकारको उपलव्धी भनेका छन्।

देउवाले आफ्नो कार्यकालमा आर्थिक बृद्धिदरले गतिलिएको, राजश्व संकलन उत्साहजन रहेको, स्वास्थ्य शिक्षामा भएका विकृति हटाउन सफल भएको बताउँदै जनसरोकारका विषयमा कुनै सम्झौता नगरेको बताए।

सरकार छाड्दा छाड्दै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा सँगै रहिरहने प्रतिवद्वता व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…