पोखरा, २९ माघ। पोखराका युवाहरुको सोमबार भएको भेलाले राजुकुमार थापाको अध्यक्षतामा कास्की वडी विल्डीङ संघ गठन गरेको छ।
संघको उपाध्यक्षमा शम्भु अधिकारी, सचिवमा दिपक बास्तोला, कोषाध्यक्षमा नवीन आले छन्। सदस्यहरुमा मौलाद्वीन मियाँ, मनोज केसी, पुनम परियार, अदिती गुरुङ, हसन गुरुङ, सुन्दर श्रेष्ठ, सम्राट मगर छन्।
त्यस्तै खेलकुद विकास समितिको तर्फबाट प्रकाश बराल र भोजबहादुर भुजेल पदेन सदस्य छन्। १३ सदस्यीय रहने संघको कार्यसमितिमा दुई सदस्य पछि थप गरिने छ।
आईएफबिबि अन्तर्गत हिमालयन नेप्लिज फेडेरेशन अफ वडी विल्डीङ फिटनेशको मातहतमा कास्की जिल्ला खलकुद विकास समितिका प्रमुख प्रकाश बरालको उपस्थितिमा संघ गठन गरिएको हो।
Related News
सम्बन्धित समाचार
प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा सीता र रोशन प्रथम
पोखरा म्याराथन अन्तर्गत चैत १२ हुने दौडको सम्पूर्ण तयारी पूरा
नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
लाहाचोकमा माछापुच्छे कपको तयारी पूरा
पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम