पोखरा, २५ माघ। चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई पक्राउ गरेको हो।
दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप उनीमाथि लागेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार खड्गीले कोरियामा ११ जनालाई छाडेको र प्रतिव्यक्ति दश देखि पन्ध्र लाख रुपैया लिएको उजुरी परेको छ।
एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु