पोखरा, २५ माघ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागले पोखरामा सम्पदा संरक्षण सम्वन्धि जनचेतनामूलक अभिमुखीकरण गर्ने भएको छ।
बिहीबारदेखि शुरु हुने अभिमुखीकरणमा २० जना सहभागि रहने प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जानकारी दिए।
प्रदेश नम्बर ४ लाई लक्षित गरी आयोजना गर्न लागिएको अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका अधिकृतस्तरका कर्मचारी, सम्पदा संरक्षणमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलाई सहभागि गराइने छ।
देशभित्रका मौलिक परम्परा, संस्कृति र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, सम्वद्र्वनमा जनचेतना बढाउने उदेश्यले अभिमुखीकरण गर्न लागिएको हो।
पुरातत्व विभागले २०६१ सालदेखि जिल्लाहरुमा यस किसिममा अभिमुखीकरण संचालन गर्दै आइरहेको छ। यसवर्ष कार्यक्रम संचालनका लागि कास्की र जुम्ला छनोट गरिएको छ।
Related News
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
पोखरा २१ मा विवेकशील साझा पार्टी
बढ्यो सुनको मूल्य
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग