पोखरा, २४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा त्रिदिवसीय खेलकुद प्रतियोगिता शुरु भएको छ।
विद्यार्थीहरुको शारिरीक विकासँग आपसी सद्भाव बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो।
शुक्रबारसम्म चल्ने प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने छन्।
प्रतियोगितामा बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायका खेलहरु संचालन गरिने विद्यालयका संयोजक शिव सुनाम परियारले जानकारी दिए।
शुभारम्भ कार्यक्रममा रेडीयो अन्नपूर्णका संचारकर्मी सविन रेग्मीले खेलकुदको महत्व बारे बोलेका थिए।
विद्यालयका संस्थापक सहप्राचार्य उष्णा गौतमको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम संयोजक कृष्णप्रसाद लम्सालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा
टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?
टाइगर कप भलिबल ः विभागिय टोलीहरुको बर्चश्व