बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….

राष्ट्र न्यूज सम्वाददाता
माघ २४, २०७४
27718251_836906559830203_335713185_n

पोखरा, २४ माघ। नगर बसको ठक्करबाट नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि विद्यार्थीले शुरु गरेको आन्दोलन आज पनि जारी छ।

विद्यार्थीहरुले बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरुले आज बिहानैदेखि पोखरामा नगर बस संचालन हुन दिएका छैनन्।

मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै विद्यार्थीहरु आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्।

पोखराको पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा विरोधसभा गरिने नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। केन्द्रीय सदस्य ढकालका अनुसार, अब केहिबेरमा जिल्ला प्रहरी कार्यालयमा वार्ता शुरु हुदैछ।

प्रदर्शन र वार्ता सँगसँगै हुनेछ ढकालले भने – ‘दोषीमाथि कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन रोकिदैन।’

दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा पोखरामा मंगलबार दिनभर जसो नै प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा पोखराको पृथ्वीनारायण क्याम्पस क्षेत्रमा प्रहरी र विद्यार्थीवीच दर्जनौ पटक झडप भएको थियो।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सृजना भएको हो। अवस्थालाई नियन्त्रणमा लिनका लागिभन्दै प्रहरीले केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। प्रहरी र विद्यार्थीबीच दोहोरो झडपहुदाँ केहि विद्यार्थी घाइते भएका छन्।

मृतक ढकाल नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन्। सोमबार साँझ नगर बसको ठक्करबाट उनको मृत्यू भएको हो।

Related News

सम्बन्धित समाचार

  • चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता मंसिर ११, २०७८
    दमौली, ११ मङ्सिर (रासस) । चालु आर्थिक वर्ष ०७८÷७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन्…
  • मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

    रासस कार्तिक २३, २०७८
    काठमाडौँ, २३ कात्तिक (रासस) । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले…
  • ‘कास्कीकोटलाई अगाडि ल्याऔं’

    राष्ट्र न्यूज सम्वाददाता कार्तिक १३, २०७८
    पोखरा, १३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीले कास्कीकोट ऐतिहासिक स्थल भएकाले त्यसलाई अगाडि ल्याउनुपर्ने बताउनु भएको…
  • छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

    रासस कार्तिक ७, २०७८
    मलङ्गवा, ७ कात्तिक (रासस) । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको…
  • नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो

    रासस असाेज २४, २०७८
    काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण…