रुकुम – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यू भएको छ।
चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यू भएको हो।
घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले विहीबार अस्पताल पु¥याएका थिए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यू भएको अस्पतालका डा सुमन राईको भनाइ छ।
पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि विहीबार राति मृत्यू भएको हो। विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उपचारमा समस्या आएको थियो।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए