मिसेस कल्चरलाई वाइवाइको साथ

राष्ट्र न्यूज सम्वाददाता
माघ १८, २०७४
Pushpanjali News

पोखरा १८, माघ । पोखरामा हुन लागेको दोस्रो मिसेस कल्चर नेपाल २०७४ लाई चौधरी गु्रपको उत्पादनमा रहेको वाइवाइ चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले सो कार्यक्रम गर्न लागेको हो।

पोखरामा बिहीबार एक कार्यक्रमकावीच सि.जि. फुड्सका सिनियर म्यानेजर मिलन राणा र पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिकी अध्यक्ष शोभा गौतमले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै राणाले मौलिक संस्कृतिको संरक्षण गर्ने र महिलाहरूलाई अगाडि बढाउने कार्यक्रमको उद्देश्य भएकोले आफुहरूले प्रायोजन गरेको बताए ।

वाइवाइले आफ्नो ग्राहकहरूलाई ‘वनौ आदर्श नागरिक’ भन्ने अभियान सञ्चालन गरिरहेको बेला यो सम्झौता गर्न पाउनु आफुहरूको लागि पनि गौरवको कुरा भएको अध्यक्ष गौतमले बताइन् ।

आउँदो फागुन ५ गते पोखरा सभागृहमा फाइनल हुने कर्याक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार