पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै पोखरामा सांसद र व्यवसायीलाइ धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ ।
मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।
व्यवसायी समेत रहेका कास्की क्षेत्र नम्बर २ (ख) का काँग्रेसबाट निर्वाचित सांसद विन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालकलाई पैसा नदिए ज्यान नै मार्ने धम्की दिई रकम मागगर्दै गर्ने आएका थिए। घटनाबारे थप अनुसन्धान चलिरहेकाले पक्राउ गरिएकालाई विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनीक गराउँने कास्की प्रहरीले जनाएको छ।
पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको बुझिएको छ । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो ।
सांसद थापालाई अल्टिमेटम नै दिएर दुई करोड माग गरिएको तर त्यो भन्दा पनि बढि कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए
अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी