फुलचोकीमा हराएका तामाङको ६ दिनपछि जीवितै उद्वार

राष्ट्र न्यूज सम्वाददाता
माघ १७, २०७४
John-Tamang

काठमाण्डौ, १७ माघ । फुलचोकीमा हिँउ खेली फर्कनेक्रममा वेपत्ता भएका विद्यार्थी जोन तामाङलाई बुधबार जिवितै उद्वार गरिएको छ।

विगत ६ दिनदेखि बेपत्ता भएका १७ वर्षिय उनलाई नेपाली सेना र प्रहरीको टोलीले जीवितै उद्वार गरेका हुन्।

फुलचोकीको खोंचमा खसेका तामाङ झोक्राइरहेको अवस्थामा भेटिएको उद्वारमा खटिएकाले बताएका छन्। उनी हराएको क्षेत्रलाई केन्द्रविन्दु बनाएर खोजी कार्य अघि बढाइएको थियो।

तामाङको अवस्था कमजोर रहेको र उनलाई उपचारको आवश्यकता देखिएकाले ग्वार्काेस्थित बि एन्ड बी अस्पताल अस्पताल लगिएको प्रहरीले जनाएको छ। उद्वारपछि प्रहरीले अभिभावकको जिम्मा लगाएको छ।

लामो समयसम्म पनि उनी फेला नपरेपछि आफन्त चिन्तित थिए। गत पुस ११ गते बिहिबार थसिखेलस्थित शिक्षा सदन प्राविका प्रिन्सिपल दुर्गाबहादुर ओली सहित ११ जना विद्यार्थी हिउँ खेल्न गएकोमा फर्कने बेला तामाङ बेपत्ता भएका थिए।

तस्विर ः अनलाइनखबरबाट लिइएको हो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै