पोखरा, १६ माघ। सधैजसो सभा समारोहमा र टेलिभिजनका पर्दामा देखिने काँग्रेसका नेता मङ्गलबार राजधानीको बानेश्वरमा नयाँ रुपमा देखिए। जहाँ उनीहरुले बटुवाको जुत्तामा पालिस गरिरहेका थिए। यो दृश्यले सवैलाई चकित बनायो।
राजनीतिमा विकृति र विसंगति बढिरहेकोभन्दै आवाज उठिरहेका बेला ती नेताहरुले जुत्तामा रहेको फोहोरलाई सफा गरे झै राजनीति भित्रका विकृति र विसंगति हटाउन शुद्वीकरणको अभियान शुरु गरेका हुन्।
काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराई लगायतले बटुवाको जुत्तामा पालिस लगाउँदै राजनीतिक शुद्वीकरणको अभियान प्रारम्भ गरे। उनीहरुले भने – ‘जुत्ता पालिस गरि सफा गर्नुलाई राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न अनुरोध गर्दछौं।’
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर गरेको कार्यक्रममा जुत्तामा पालिस लगाउन मानवअधिकारवादी, काँग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्वदेखि सर्वसाधारण पनि सहभागी भएका थिए ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम