पोखरा, १५ माघ। युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा चुलिएको छ। उनका बारेमा गरिएका चर्चा संचारमाध्यम र सामाजिक सञ्जालमा देख्न सकिन्छ।
लामिछाने आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएपछि चर्चा चुलिएको हो। आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आईपीएल खेल्ने अवसर पाएका सन्दीप अहिले अहिले विश्व क्रिकेट लिग डिभिजन – २ को तयारीका लागि युएइमा प्रशिक्षणमा रहेका छन् ।
दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाख भारु (३२ लाख नेरु) मा नै उनलाई किनेको हो । उनलाई खरिद गरेको टीम दिल्ली डेयरडेभिल्सको कप्तानमा भरतका चर्चित क्रिकेटर गौतम गाम्भीर रहेका छन् ।
उनले पाएको यो सफलतासँगै उनको आईपीएलसम्मको यात्राका आरोह अवरोहबारे नयाँ पत्रिका दैनिकले समाचार पस्केको छ ।
समाचार अनुसार, दुई वर्षअघि नेपाली क्रिकेट टिमका प्रशिक्षक पुवुदु दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले यहाँ प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र ब्याटिङ अवलोकन गरे ।
पुवुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए । तत्कालै उनले चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानलाई सन्दीपमा बलिङ क्षमता रहेको भन्दै काठमाडौं पठाउन अनुरोध गरे ।
नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ– लगत्तै केही दिनको तयारीपछि सन्दीप राष्ट्रिय क्रिकेट टिममा अटाए । सन्दीपका लागि त्यो समयमा पुवुदु आउनु नै भाग्य कोरिएजस्तै बन्यो ।
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा १४ वर्षीय सन्दीपले देखाएको असाधारण प्रतिभालाई मध्यनजर गर्दै पुवुदुले काठमाडौंसम्मको यात्रा तय गराएका हुन् ।
Related News
सम्बन्धित समाचार
ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम
लुम्बिनी विकास बैंक अरण्यज्योति कप हुने
‘खेलकुद र ध्यान’ विषयक कार्यशाला
नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन
वडाध्यक्ष बराल जोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा