पोखरा, १३ माघ। निर्माणाधिन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अबको एक महिना बिहान १० देखि अपरान्ह ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ।
झण्डै एक महिनादेखि रातमा सवारी रोकेर गरिएकोमा काम प्रभावकारी हुन नसकेकोभन्दै सो निर्णय गरिएको हो।
रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले आजदेखि यस्तो निर्णय गरेका हुन् ।
सो निर्णयसँग सवारी साधन रोक्ने स्थान पनि तोकिएको छ। सो सडक खण्डमा दैनिक १० हजारभन्दा बढि सवारी साधन चल्छन्।
Related News
सम्बन्धित समाचार
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?