पोखरा, ११ माघ। भारतीय पक्षले नेपालको सिमा मिचेको भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि नेपालको सिमाना मिच्न नदिने बताएका छन्।
उनले कुनै पनि बहानामा कसैलाई नेपालको एक ईन्च भूभाग पनि मिच्न नदिने स्पष्ट पारे। मिचिएको भनिएको पर्साको विभिन्न क्षेत्रको स्थलगत अध्ययनपछि विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन्।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ ।
भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोलीले स्थलगत अवलोकन गरी प्रतिवेदन तयार पारेको थियो।
Related News
सम्बन्धित समाचार
चन्द समूहसँग वार्ता गर्न टोली गठन
घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु
विसं २०७८ मा तीन दशैँ
बाघको छालासहित पक्राउ
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात