राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण

राष्ट्र न्यूज सम्वाददाता
माघ ११, २०७४
IMG_20180124_160531

पोखरा, ११ माघ । पोखरामा रहेको राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ।

पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रिजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री प्रदान गरिएको हो।

राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले क्रिकेट सामाग्री हस्तान्तरण गरेका थिए। भेषवाकर वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन् ।

एक वर्ष अघि स्थापना भएको सो एकेडेमीमा ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन्।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले नेपाली क्रिकेट खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको बताए । निजी क्षेत्रबाट गरिएको यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला मिल्ने उनको भनाई छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाली क्रिकेट जगतमा नेपालले गरेको प्रगति अति नै प्रशंसनीय भएको उल्लेख गरे।

कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  यम गुरुड्ड ,खेलकुद पत्रकार संघ पोखराका अध्यक्ष केशव पाठक तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल लगायत उपस्थित थिए।

आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिले पहिलो चरणमा पोखरालाई छनोट गरेकोे सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए।

Related News

सम्बन्धित समाचार