मनाङ – मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ।
मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ।
हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् ।
Related News
सम्बन्धित समाचार
लुटपाटमा संलग्न समूह पक्राउ
आज माघे संक्रान्ति
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते