सिभा गुरुङ
पोखरा, ९ माघ। निर्माण सामाग्रीमा भएको मूल्यबृद्विको बिरोधमा पोखरामा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ।
निर्माण व्यवसायी समिति कास्की नेपालको अगुवाईमा प्रदर्शन गरिएको हो। पोखराको मानवअधिकार चोकबाट शुरु भएको जुलुस न्यूरोड, सभागृहचोकहुदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्दै निर्माण व्यवसायीहरुले मूल्यबृद्विका कारण उपभोत्ता र निर्माण कार्य प्रभावित हुन पुगेको उल्लेख गरे। उनीहरुले निर्माण सामाग्री उत्पादक कम्पनीले मनोमानी मूल्यबृद्वि गर्दा सरकार लाचार बनेकोभन्दै आक्रोश व्यक्त गरेका थिए।
मूल्यबृद्वि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरुले भने – ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गरे देश नै ठप्प पार्छाै।’
निर्माण व्यवसायी समिति कास्की नेपालका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कोणसभामा बरिष्ठ उपाध्यक्ष नारायण गुरुङ, सल्लाहाकार भिमबहादुर शाही, श्रम निर्माण व्यवसायी समिति कास्कीका अध्यक्ष गुञ्जलाल श्रेष्ठ र निर्माण व्यवसायी समिति कास्कीका सचिव नवराज बस्नेत लगायतले एक महिनामा ६ पटकसम्म मूल्य बृद्वि गर्दा सरकारले नियन्त्रण गर्न नसक्नु निन्दनिय भएको उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम