कांग्रेसको बैठक माघ ४ गते

Avatar राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
congress

पोखरा, २ माघ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक माघ ४ गते बिहीबार नेपाली कांग्रेसको बैठक बस्ने भएको छ।

पार्टी सभापति सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक ११ बजे शुरु हुनेछ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले पटक पटक केन्द्रीय समिति र महासमिति बैठक बोलाउन माग गर्दै आएका थिए ।

यस अघि सोमबार नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई भेटेर पार्टीको बैठक बोलाउन माग गरेका थिए।

केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरु चयन गर्ने सम्भावना रहेको छ।

Related News

सम्बन्धित समाचार

  • बेसारको पातबाट तेल !

    Avatar रासस वैशाख २६, २०७८
    बाँके,२६वैशाख (रासस) ।  गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने…
  • डिभी लोटरीको नतिजा सार्वजनिक

    Avatar राष्ट्र न्यूज सम्वाददाता वैशाख २६, २०७८
    पोखरा, २६ वैशाख । अमेरिकी डिभी लोटरी २०२२ को नतिजा शनिबार राति ९ः४५ बजे सार्वजनिक भएको छ । अमेरिकी विदेश…
  • कोरोना नियन्त्रण र विरामीलाई सहयोग गर्न अघि सर्दै बागमारा युवा संगम समूह

    Avatar राष्ट्र न्यूज सम्वाददाता वैशाख २६, २०७८
    पोखरा, २६ वैशाख । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा कृयाशिल बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना…
  • राप्ती खोलामा प्रहरीको शव फेला

    Avatar रासस वैशाख २५, २०७८
    वाग्मती, २५ वैशाख (रासस) । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ…
  • गैँडा तस्करीमा संलग्न २४ पक्राउ

    Avatar रासस वैशाख २५, २०७८
    चितवन, २५ वैशाख (रासस) ।  चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको…

Trending

ट्रेन्डिङ्ग