पोखरा, १ माघ। आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । पोखराको ढुङ्साँघुमा आज मेला लाग्ने गर्दछ।
माघे संक्रान्ति दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो दिने र शरीरमा उर्जा थपिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको छ ।
यसैबीच थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
नेवार समूदायमा घ्यूचाकु सँल्हु नामले माघे संक्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लडडु बनाएर खाने तथा दान दिने गर्दछन् ।
माघे संक्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने