पोखरा, २८ पुस। सरकारले धनकुटाका २१ जनालाई शहीद घोषणा गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ र माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्ता गरी २१ जनालाई शहीद घोषणा गरेको हो।
सरकारले घोषणा गरेको शहीदको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएकामध्ये गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहाङ राई, भैरबबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर बिश्वकर्मा, हाङखिमा साईली, झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई, गम्भीरमान दर्जी, केशरमान राई र लाखमान साधु राई छन् ।
त्यसैगरी शहीद घोषणा गरिएका राप्रपाका ५ कार्यकर्ताहरुमा गोविन्द वालिङ राई (छिन्ताङ), गंगा जोशी (बेलाहारा), रामजी थापा (मुगा) दीपक दाहाल (भीरगाउँ) र राजन भट्टराई (मुगा) छन् ।
उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा सरकारले उनीहरुलाई शहीद घोषणा गरेको छ ।
तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो ।
तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले डाँडामा लाइन लगाएर गोली हानी सामुहिक हत्या गरेको थियो ।
Related News
सम्बन्धित समाचार
लागूआौषधसहित युवक पक्राउ
७५ औ स्थापना दिवसमा ट्रेड युनियन काँग्रेस मानव सेवा आश्रममा
घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु
बढ्दै सम्बन्धविच्छेद
भोकै छन् राउटे