पोखरा । पृथ्वी नारायण शाहको जन्म दिवसको अवसरमा कतै उनको जय जयकार, कतै सम्मानगर्दै सम्झना भइरहदाँ उनको अपमान गरिएको विषयले आजपनि चर्चा पाइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर माल्यार्पण गरिरहदाँ उनलाई नरुचाउनेहरु बेग्लै कार्यक्रम गरी अपमान गरे। पोखरामा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्ने घोषणा गरियो ।
गणतन्त्रपछि सरकारले मनाउन छाडेको पृथ्वी जयन्तीलाई यसपटकदेखि सार्वजनीक विदा नै दिएर पुन मनाउन थाल्यो। पृथ्वीनारायण शाहले मुलुक एकिकरण गरेकोभन्दै सम्मान गरिरहदाँ शाहले आदिवासी जनजातिको सत्ता खोसेकोभन्दै सार्वजनीक बिदा दिइएको विरोध भयो। आदिवासी जनजाति आन्दोलनकर्मीले विरोध मात्र गरेनन् उनै पृथ्वीनारायण शाहको शालिक र तस्वीरमा थुकेका छन् ।
आदिवासी अभियन्ता मानिने आङकाजी शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पृथ्वीनारायण शाहलाई डेढ करोड आदिवासीले थुकेको दावी सहित गर्व गरेका छन्। नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
पृथ्वी जयन्ती मनाइएकोप्रति असन्तुष्ठि जनाउँदै नेपाः प्रदेशमा आदिवासी जनजाति अभियान, नेवाः जागरण मञ्च र नेपाः युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरियो।
‘राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives