पोखरा, २६ पुस। डा गोविन्द केसीलाई पक्राउ गरिएको विरोध र रिहाइको मागगर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ।
स्वस्फुर्त रुपमा युवा तथा विद्यार्थीले गठन गरेको न्यायप्रेमी तथा राष्ट्रप्रेमी युवा समूह कास्कीको अगुवाईमा मोटरसाइकल ¥याली प्रदर्शन गरिएको हो।
डा केसीको पक्षमा लेखिएका विभिन्न प्लेकार्ड सहित पोखराको जनप्रिय क्याम्पसबाट शुरु भएको युवा विद्यार्थीको ¥यालीले पोखराको विभिन्न स्थान परिक्रमा गरेको संयोजन गर्नेमध्यका एक आशिक गुरुङले जानकारी दिए।
उनका अनुसार, ¥यालीपछि डा केसीको रिहाईको मागगर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाइएको छ।
ज्ञापन पत्रमा भ्रष्टाचारी, आतंककारी, हत्यारा, डन संसदमा, जनसेवक, महात्मा जेलमा वाह क्या गजबको रमिता छ मेरो देशमा उल्लेखगर्दै घिन लाग्दो कार्य रोक्न हातेमालौ गरौ भनिएको छ।
त्यस्तै, शत्ति र पैसाको भरमा राज्यको मूल कानुन खरिद गर्न बन्द गरौभन्दै राजनैतिक हस्तक्षेप तथा कानुनको दुरुपयोग गर्नेलाई चेतावनी भनेर उल्लेख गरिएको छ।
¥यालीको संयोजन सुदिप शर्मा, देवेन्द्रराज सुवेदी, अनिश खड्का, आशिक गुरुङ, अञ्जन थापा, सुनिल थापा र विजयबाबु न्यौपानेले गरेका हुन्।
Related News
सम्बन्धित समाचार
बलात्कार घटनामा हदम्याद बढाउन नेविसङ्घको माग
प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
असी प्रतिशत तहको गणना सम्पन्न
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कैदी झुन्डिएको अवस्थामा भेटिए