पोखरा, २५ पुस। पोखरामा आगामी माघमा आयोजना हुने १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।
प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।
यस वर्ष विजेता टोलीले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए ।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष केशव थापाले प्रतियोगितामा १२ टोलीको सहभागिता रहने जानकारी दिए ।
प्रतियोगितामा आयोजक सहारा क्लब सहित मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, धरान फुटबल क्लब र सुदूरपश्चिम–११ को सहभागिता रहनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख ३० हजार सहयोग
सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा चितवनको विजयी शुरुवात
सफल म्याराथनलाई वडावासीको साथ
नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा संयोजक घोषणा
नेवि संघको भलिबल उपाधि शिक्षा संकायलाई