पोखरा, २५ पुस। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैया प्रदान गरेको छ।
भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ। विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप सहारा युकेले ५ लाख रुपैया हस्तान्तरण गरेको हो।
२० लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको अवलोकन गर्दै सहारा युकेका प्रमुख सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले अन्तिम किस्ता स्वरुप ५ लाख रुपैया हस्तान्तरण गरेका थिए।
सहारा युकेको विद्यालय भवन निर्माण अभियानमा सहारा क्लव पोखराको विशेष समन्वयमा सो विद्यालय निर्माणका लागि सहारा युकेका संरक्षक अरुणकुमार चौधरीले ५ लाख रुपैया, सहारा हङकङले ५ लाख रुपैया, सहारा अष्ट्रेलियाले ५० हजार रुपैया प्रदान गरेको र अन्य रकम सहारा युकेले संकलन गरेको प्रमुख सल्लाहकार गुरुङले जानकारी दिए ।
उक्त ५ कोठे विद्यालय भवन आउँदो माघ ७ गते विशेष कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग