आमरण अनशन बसेका डा. केसी पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
पौष २४, २०७४
Govind-KC-

काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।

अनशनस्थल त्रिभुवन शिक्षण अस्पताल महाराजगंजबाट उनलाई पक्राउ गरिएको हो। अनशनस्थलमा पक्राउ पूर्जी पढेर सुनाएर उनलाई नियन्त्रणमा लिइएको छ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका थिए।

अनशन सुरु गरे लगत्तै सर्वाेच्च अदालतका न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै अनशन शु्रु गर्नुअघि उनले भनेका थिए – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन।’

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै