पोखरा, २४ पुस। राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते सार्वजनीक बिदा हुने भएको छ।
सरकारले नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो ।
उता प्याब्सन अन्र्तगतका निजी विद्यालयहरु पुस २५ मंगलबार बन्द हुने भएका छन्।
प्याब्सन केन्द्रीय संस्थापक बाबुराम पोख्रेलको असामयिक निधनप्रति शोक व्यक्तगर्दै प्याब्सनले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
Related News
सम्बन्धित समाचार
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
Archives
Archives