पोखरा, २० पुस । पोखरा लेखनाथ महानगरपालिकाको मुख्यचोकमा रहेका शहिद र राष्ट्रिय बिभुतिका शालिकलाई व्यवस्थित पार्क बनाएर राख्ने प्रक्रिया सुरु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाले शहिद पार्क बनाउने कार्ययोजना अगाडी बढाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुनेबोटमा पार्क निर्माणको प्रक्रिया अगाडी बढेको उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।
उपमेयरका प्रेस सहयोगी एकराज गिरीका अनुसार चोक÷चोकमा राखिएका आइल्याण्ड र शालिकका कारण ट्राफिकजाम बढेका कारण आइल्याण्ड भत्काउने र सवै शालिकलाई व्यवस्थित पार्क बनाएर राख्ने गरी योजना अगाडी बढेको छ।
महानगरपालिकाले शहिदका शालिक व्यवस्थित गर्न उदासिन बनेको भन्ने जनगुनासो आएपछि पार्क निर्माण कार्य तिव्र रुपमा अगाडी बढाईने भएको छ।
सराङकोटको ५७ रोपनी क्षेत्रमा पार्क बनाउने गरी गुरुयोजना निर्माणमा जुटेको महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । उनका अनुसार, जग्गा छुट्याउने र पर्खाल लगाउने कामका लागि लगत स्टिमेट तयार भैरहेको छ।
पोखरा लेखनाथ महानगरपालिकाले सडक फराकिलो बनाउने अभियान अन्र्तगत असोजमा पृथ्वीचोकमा रहेको लखन थापाको, अमरसिंहचोकको अमरसिंह थापाको , जिरो किलोमिटरको योगेन्द्र शेरचनको शालिक हटाएको थियो।
तर महानगरले पृथ्वीचोकमा हटाइएको लखन थापाको शालिक पुर्नस्थापना गरेको भन्दै विरोध भएपछि महानगरले सबै चोकमा रहेका शहिद र बिभुतिका शालिक पार्क बनाएर राख्ने बताएको थियो।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives