पोखरा, १९ पुस । नेपाल प्रहरीका पूर्वडीआईजी तथा एमालेबाट निर्वाचित सांसद् नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि उनीसँग जोडेर विभिन्न खाले टिकाटिप्पणी र उनीमाथि के होला भन्ने बहस शुरु हुन थालेको छ।
उनलाई पक्राउ गर्न प्रहरीले पूर्जी जारी गरिएपछि यतिबेला यो विषयले निकै चर्चा पाएको छ। उनीमाथिको कारबाही प्रक्रिया र सांसद् पद रहने या नरहने भन्ने विषयमा सबैको चासो बढिरहेको छ भने त्यसविषयमा बहस केन्द्रीत हुन थालेको छ।
बुधबार राजधानी तथा मोफसलबाट प्रकाशित पत्रपत्रिकाहरु सबै जसोले यो विषयलाई प्राथमिकताका साथ छापेका छन्।
सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने काठमाडौंमा नरहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ। उनी मलेसियाको क्वालालम्पुरमा छन् । पूर्व निर्धारित कार्यक्रममा भाग लिन आइतबार क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ उद्धृत गदै समाचार लेखेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न मंगलबार ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।
आइजीपी बढुवामा कार्य सम्पादन मूल्याङकन फारममा किर्ते गरेको आरोप उनीमाथी छ।
सिलवाल नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
सफलता उन्मुख लेखनाथ महोत्सव
एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस (सम्मानित शिक्षक कर्मचारीहरुको नामवली सहित)
Archives
Archives